धनगढी पोष्ट बुधबार, १७ असार २०८३   July 1, 2026

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका-२ बैजिडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २८ हजार, एक सय मूल्य बराबरको सामान बरामद गरिएको छ। 

उक्त स्थानबाट चिनी, मिठाई, सुर्ती, बदाम, प्लाष्टिक झिल्ली, चक्लेट, नमकिन, मेहन्दी, किराना लगायतका सामान प्रहरी चौकी टेडुवाबाट मंगलवार खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।