धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीका ८५ वटा सार्वजनिक चौताराहरुमा रङरोगन

धनगढीका ८५ वटा सार्वजनिक चौताराहरुमा रङरोगन

धनगढी । धनगढी उपमहानगरपालिकाले ८५ वटा सार्वजनिक चौताराहरुमा रङरोगन गरेको छ ।

असोज १५ गतेदेखि कार्तिक २७ गतेसम्म उपमहानगरपालिका १९ वटै वडाका चौताराहरुमा रङरोगन गरेको हो । 

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक पदमबहादुर गैरेले ‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने उदेश्यका साथ सार्वजनिक चौताराहरु, रुखहरु र पुलहरुमा रङरोगन गरेको बताए । शहरलाई उज्यालो र रङिगमहे बनाउनका लागि रङरोगन गरेको उनले बताए । 

उपमहानगरपालिकाले वडा नम्बर १ र वडा नम्बर २ मा सात÷सात वटा, वडा नम्बर ३ मा ६ वटा, वडा नम्बर ४ मा नौ वटा, वडा नम्बर ५ मा पाँच वटा, वडा नम्बर ६ मा ६ वटा, वडा नम्बर ७ मा चार वटा र वडा नम्बर ८ मा दुई वटा चौताराको सरसफाई गरी रङरोगन गरेको उपमहानगरपालिकाले जनाएको छ । 

यस्तै उपमहानगरले वडा नम्बर ९ मा चार वटा, वडा नम्बर १० र ११ मा तीन÷तीन वटा, वडा नम्बर १२ मा ६ वटा, वडा नम्बर १३ मा सात वटा, वडा नम्बर १४ मा चार वटा, वडा नम्बर १५ मा दुई वटा, वडा नम्बर १६ मा तीन वटा, वडा नम्बर १७ मा एक वटा, वडा नम्बर १८ मा दुई वटा र वडा नम्बर १९ मा चारवटा सार्वजनिक चौताराहरूमा रङरोगन गरेर आकर्षक बनाइएको छ भने कैलाली पुलमा पनि रङरोगन गरेको छ ।  

नगर प्रहरी नायव निरीक्षक गैरेका अनुसार चौराहादेखि क्यापस रोड र सहिद गेटदेखि क्यापसरोडसम्म दाँया–बाँयाका एक सय २५ वटा रुखहरुमा रङरोगन गरिएको छ । 

उनले १९ वटै वडाका ४३ वटा सार्वजनिक चौताराहरुमा आपतकालिन सेवाहरुका लागि नगर प्रहरीको सम्पर्क नम्बर, दमकल सेवाको सम्पर्क नम्बर तथा निःशुल्क टोल फ्री नम्बर समेत लेखिएको बताए ।

नगर प्रहरी बलले सार्वजनिक चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने र रङरोगन गर्ने गरेको छ ।