धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीका २० जनालाई मनोपरार्मशमा पठाइयो

धनगढीका २० जनालाई मनोपरार्मशमा पठाइयो

धनगढी । धनगढीमा आत्महत्या रोकथामको लागि फुटपाथ वार्ता अभियानमा २० जनालाई मनोपरार्मशका लागि मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न सघसंस्थाहरुमा पठाइएको छ ।

धनगढीमा बिहीबारदेखि मानसिक स्वास्थ्य कलंक घटाउने र मानसिक साक्षरता प्रवद्र्धन गर्नेका लागि चार महिने अभियामा एक सय ३० जना मध्य सो संख्याका नागरिकलाई मनोपरार्मशका लागि पठाइएको हो ।  

No description available.

साइकडेस्क फाउन्डेशन नेपालका संस्थापक डा.नरेन्द्रसिंह ठगुन्नाका अनुसार एक सय ३० जना मध्य एक सय १० जनाले दैनिक जीवनमा परेका समस्याहरु लाई कसरी समाधान लाई न्यूनिकरण गर्नेका लागि आवश्यक पर्ने सीपहरुका विषयमा जानकारी दिएको बताए ।

उनीहरुले रोजगारीका समस्या र पारिवारिक समस्याका विषयमा आफुहरुसँग सल्लाह गरेको उनले बताए । 

No description available.

सडकपेटीहरुमा हिडिरहेका नागरिकहरुका ‘सबै भावनाहरुलाई स्वागत छ’ भन्ने अवधारणाका साथ आफना भावनाहरु साझा गर्ने चाहनेहरुका कुराहरुलाई सुन्ने र आत्महत्या रोकथाममा कमी ल्याउने अभियानको मुख्य उदेश्य रहेको बताए । 

नागरिकहरुका समस्याहरुलाई सुन्ने र मानसिक स्वास्थ्यका विषयमा जनचेतना दिने कामहरु गरिरहेको उनले बताए । मानसिक स्वास्थ्य समबन्धी समस्या भएका नागरिकहरुलाई सहि सुझाव सल्लाह दिएर उनीहरुलाई सहि ठाउँमा जानका लागि परार्मश दिने गरेको उनको भनाइ छ । 

No description available.

अभियानमा १० जना स्वयंसेवकहरु परिचालन गरेर चार महिनासम्म अभियान सञ्चालन गर्ने उनले बताए । चार महिनामा ३० वटा कार्यक्रम गरी पाँच सय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने र दुई हजार पाँच सय घरपरिवार अप्रत्यक्ष रुपमा लाभान्वित हुने लक्ष्य लिइएको उनले बताए । 

साइकडेस्क फाउन्डेशन नेपालको आयोजना तथा वल्र्ड लिङ्गको समन्वयमा आत्महत्या रोकथामको लागि फुटपाथ वार्ता अभियान सुरु भएको हो ।

धनगढीको पार्कमोड, खुल्ला मञ्च र उत्तर बेहडी चोकमा बिहीबार उक्त कार्यक्रम गरिएको थियो । अभियान धनगढीपछि बिराटनगर, पोखरा र काठमाडौंमा सञ्चालन हुनेछ ।

No description available.

No description available.