धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025
नेपाली काँग्रेसबाट निष्काशीत ओझा निकटको भेला

कारवाहीको निर्णय नसच्याए आन्दोलन गर्ने निर्णय

कारवाहीको निर्णय नसच्याए आन्दोलन गर्ने निर्णय

धनगढी

   नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा पक्षका नेता कार्यकर्ताले ओझामाथी गरिएको कार्वाही फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

   पुर्ब राज्यमन्त्री ओझालाई नेपाली कँग्रेसको अनुशासन समितिले ५ बर्षका लागि निष्कासन गरेको थियो । सोमबार धनगढीमा भएको ओझा निकट नेता कार्यकर्ताको गोप्य भेलाले ओझालाई पुर्वाग्रही ढंगले कार्वाही गरिएकाले पार्टीमा दिर्घकालीन  असर पर्ने निचोड निकाल्दै तत्काल निर्णयलाई सच्याउन माग गरेको छ ।

   भेलाले निर्णय सच्याउनका लागि काँग्रेस कैलाली पार्टी सभापति मार्फत काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।

  भेलामा सहभागि काँग्रेस कैलालीका सचिव पूर्ण कुँवरले पूर्व राज्यमन्त्री ओझामाथि लगाएको आरोप कपोकल्पीत र पूर्वाग्रही रहेकोे भेलाले ठहर गरेको बताए । उनले भने–‘जिल्ला सभापति मार्फत ओझालाई गरिएको कार्वाही फिर्ता लिन केन्द्रमा ज्ञापन पत्र बुझाउने भेलाले निर्णय गरेको छ । केन्द्रीय कार्यालयले आफ्नो मागको सुनुवाई नगरे कडा आन्दोलन गर्ने निर्णय भेलाले गरेको उनले बताए ।  पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न धनगढी स्थित विद्या होटलमा भेला बोलाएको थियो ।