धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

जिप दुर्घटनापछि डिलाशैनी गाउँपालिकामा शोक बिदा

जिप दुर्घटनापछि डिलाशैनी गाउँपालिकामा शोक बिदा

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । मालिकार्जुन मन्दिरको जात्रा दर्शनपछि घर फर्कने क्रममा जिप दुर्घटनामा डिलाशैनीका २ जनासहित ८ जनाको मृत्यु भएको छ ।

दर्शनार्थीहरू चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिएको शोक वक्तत्व जारी गर्दै जनाएको छ ।
उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज एक दिन गाउँपालिकामातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ ।