धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
जीप दुर्घटना

घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

धनगढी । दार्चुला जीप दुर्घटनामा घाइते पाँच जनामध्ये तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ ।

उनीहरूको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सुरु गरिएको छ । थप दुई जनालाई पनि उपचारका लागि हेलिकप्टोलबाटै धनगढी ल्याउन लागिएको छ ।

दुर्घटना परेर गम्भीर घाइते भएका जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका- ८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका- ५ लेकगाउँकाका ८ वर्षीय सन्दीप रावललाई हेलिकोप्टरबाट उद्धार गरेर धनगढी ल्याइएको हो ।

आज बिहान दार्चुलामा भएको जीप दुर्घटनामा २ भारतीयसहित ८ जनाको मृत्यु भएको छ ।