धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

झण्डै तिन सातादेखि अबरुद्ध मार्तडी सडक आंशिक संचालन

धनगढी

  लगातरको बर्षाका कारण ठाउँ ठाउँमा पहिरो आएर बन्द भएको साफेबगर मार्तडी सडक केही ठाउँमा आंशीकरुपमा संचालन आएको छ ।

  सोमबार बेलुकाबाट हरडे खोला देखी मार्तडीसम्मको सडक आंंशिकरुपमा संचालनमा आएको छ । साफेबगर मार्तडी सडक खण्ड अन्र्तगत बाजुराको पानीनाउला, नुन्यापानी, ओल्याना, तिपाडा लगाएतका ठाउँमा गएको पहिरो स्काईभेटरले पन्छाएपछि हरडे खोलासम्म यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव निरिक्षक टंकप्रशाद भट्टराईले जानकारी दिए ।

    सोमबार पहिलो दिन मार्तडी देखी तिपाडासम्मको ठाउ ठाउमा गएको पहिरो सामान्यरुपमा पन्छाईएको र मंगलबार त्यो भन्दा तल द्धारीसम्मको पहिरो पन्छाउने योजना रहेको प्रहरी प्रमुख भट्टराईले  बताए । पहिरोका कारण छेदबिछेद सडक पुर्ण रुपमा संचालनको लागि समय लाग्ने सडक डिभिजन कार्यालय साफेबगरका ईन्जिनियर दमन बिष्टले बताए ।

  सडक नराम्ररी छेदबिछेद भएकोले २० दिन भन्दा बढी समय लाग्ने बिष्टले बताए । बल्देसम्मको संचालित सडक साउन चार गतेको अबिरल बर्षाले बुढीगंगा नगरपालिका २ को ताप्रीसेराको घट्टे खोलाको पक्की पुल बगाएपछि यातायात तांप्रीसेराई राकीएका छन् । घट्टे खोलामा तत्काल पुल हाल्न नसकीएपनि खोलामै डाईभर्सन बनाएर बल्देसम्म यातायात संचालन गरिने उनले बताए ।