धनगढी पोष्ट
शनिबार, ०१ मङि्सर २०८१ मा प्रकाशित
धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका छन् । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरुले आइतबारदेखि सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका हुन् ।
बाजुराबाट सुरु हुने सो यात्रा अछाम, डोटी, कञ्चनपुर र कैलालीसम्मको हुने जनाइएको छ। राप्रपाले यसअघि कर्णाली प्रदेशको यात्रा गरेको थियो ।
जनताका कुरा सुन्न र आफ्ना कुरा राख्न राप्रपाले यो अभियान सुरु गरेको हो ।
पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठकाअनुसार मंसिर ३ गते बाजुराको कोल्टी, ४ गते अछामको मंगलसेन, ५ गते डोटी, ६ गते कञ्चनपुर र ७ गते कैलालीको साडेपानी पुग्ने कार्यक्रम रहेको छ ।