धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीमा आजदेखि शनिबारीय महिला उद्यम बजार सुरु

धनगढीमा आजदेखि शनिबारीय महिला उद्यम बजार सुरु

धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढीमा शनिबारीय महिला उद्यम बजार सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाले ‘महिलाहरुको श्रम सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने मुल नारासहित शनिबारदेखि धनगढीको पार्कमोडमा शनिबारीय महिला उद्यम बजार सञ्चालन गरेको हो ।

No description available.

शनिबारीय बजारका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडको दक्षिण मुख्य सडकदेखि उत्तरतर्फ धनगढी रंगशालाको गेटसम्म जम्मा ६० वटा स्टल राखिएको छ ।

जसमध्ये २१ वटा स्टल विभिन्न वस्तुगत स्टल छन् भने बाँकी यस क्षेत्रको पहिचान झल्किने खाजा नास्ताका परिकारहरु छन् । 

उद्यम बजारमा परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरु मात्रै सहभागि हुन पाउँछन् । 

No description available.

घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिइएको छ । यसका लागि परिचयपत्र बनाइएको छ । महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बिक्री भइरहेका छन् ।
महिला उद्यम बजारमा स्टल राखेर बसेकी धनगढी उपमहानगरपालिका वडा नम्बर १ की नाजिया बानुले आफूहरुले बनाएका साम्रागीहरुलाई बजारमा ल्याएर बेच्नका लागि समस्या हुने गरेको भएपनि अब उद्यम बजारले गर्दा केहीहद सम्म सहज हुने बताइन् ।

पहिला दैनिक पाँच सय देखि एक हजार सम्म आम्दानी भएपनि अब बजारले गर्दा आम्दानी पनि राम्रो हुने उनले बताइनु । उनले बजारले गर्दा आफूहरुलाई व्यापार व्यवसाय गर्ने पनि हौसला मिलेको बताइन् । 

तालिम तथा रोजगार सीप व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रमोद पाठकले व्यक्ति आर्थिक रुपमा मजबुद हुन उद्यमशिल हुन जरुरी रहेको बताए । उनले सिकेको सीप प्रयोग गर्ने र सीप सिकेर उद्यमी बन्न धनगढी उपमहानगरपालिकाले महत्वपूर्ण स्थान दिएकाले त्यसको सबैले फाइदा उठाउन आग्रह गरे । No description available.

उद्यम बजार उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमालले महिलाहरुले सिकेको सीपको सदुपयोग गर्ने र अन्यलाई सीप सिकेर उद्यमी बन्न हौसला प्रदान गर्ने उद्देश्यले हप्ताको एक दिन महिला उद्यम बजार सञ्चालन गरिएको बताए । 

उनले व्यक्तिलाई सीप विकास सम्बधी तालिम मात्रै दिएर नहुने भएकाले त्यसका लागि उपमहानगरले स्थान दिएको बताए ।

‘युवा तथा महिलाहरूले विभिन्न सिपमूलक तालिक लिने तर उद्यम नगर्ने समस्या छ । सिपमूलक तालिम लिएर बेरोजगार बस्न नपरोस् भनेर मेला आयोजना गरिएकाले उपमहानगरले दीर्घकालसम्म मेला चलाउने सोच राखेको छ,’ नगर प्रमुख हमालले भने ।

व्यवसाय प्रबर्द्धनमा सहयोग गर्न र हौसला प्रदान गर्न उनले सबै नगरबासीमा आग्रह समेत गरे । 

No description available.

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले महिलाहरु क्षमता अभिवृद्धि गर्ने र आत्मानिर्भर बनाउनका लागि बजार मेलाको आयोजना गरिएको बताइन् ।

आगामी दिनहरुमा पनि उपमहानगरपालिकाले युवाहरु लगायत महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागि  विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने उनले बताइन् ।

बजार हरेक शनिबार शनिबार दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म लाग्नेछ । बजार क्षेत्रमा शनिबारको दिन सवारी आवागन बन्द गरिएको छ ।