धनगढी पोष्ट
आइतबार, ०२ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको हो ।
नेपाली काँग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमालेका नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको काँग्रेस सचिव मिश्रले जानकारी दिए ।
काँग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल) लाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् ।
प्रदेश समितिमा सिफारिस गरेको छ ।
टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो ।
यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् ।