धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

दाङ । दाङमा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको रूपौडिया घर भइ अहले दाङको तुलसीपुर बस्दै आएका ३४ वर्षीय इरफान राई, तुलसीपुर – ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार इरफान राइ शनिबार नै पक्राउ परेका थिए।

 नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडी तुलसीपुरको दमारगाउँ चेकपोस्टमा चेकजाँचका क्रममा इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगर बरामद फेला परेको थियो।

अनुसन्धान र सोधपुछको क्रममा प्रहरीले आइतबार मनोज र रञ्जितलाई पनि पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको इन्स्पेक्टर थापाले जानकारी दिए।