धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिममा विश्व प्रतिजैविक सचेतना सप्ताह सुरु

सुदूरपश्चिममा विश्व प्रतिजैविक सचेतना सप्ताह सुरु

धनगढी । सुदूरपश्चिममा विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ सुरु भएको छ । स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा ‘बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने मूलनाराका साथ सुदूरपश्चिममा सोमबारदेखि आइतबारसम्म विश्व प्रतिजैविक सचेतना सप्ताह सुरु भएको हो ।

सुदूरपश्चिममा विश्व प्रतिजैविक सचेतना सप्ताहका फोकल पर्सन हेमराज जोशीले मानिसहले प्रयोग गर्ने औषधीहरुको प्रतिरोध क्षमता विकास भइरहेकाले त्यसलाई घटाउनका लागि सप्ताह व्यापी रुपमा विभिन्न क्रियाकलापहरु गरिरहेको बताए ।

२०१५ देखि प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वभरी नै सप्ताह कार्यक्रमहरु मनाउने गरिएको छ ।

May be an image of 7 people and text

उनले औषधीहरुका बारेमा आम मानिसहरुलाई सचेतना जनाउनका लागि कार्यक्रमको आयोजना गरेको बताए ।

मानिसहरुले विभिन्न प्रकारका औषधी सेवन गरिरहेकाले पछि गएर औषधीले काम नगर्ने सक्ने अवस्था सिर्जन हुने भएकाले यसलाई कम गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको उनले बताए । 

उनले बाँकी पाँच÷छ दिनको समयमा आफूहरुले विद्यार्थीहरु र सार्वजनिक स्थानमा गएर औषधी सेवन सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्ने तयारीमा रहेको बताए । सप्ताह कार्यक्रमको पहिलो दिन ¥याली र अन्तक्रिया कार्यक्रम गरिएको थियो । 

May be an image of 13 people