धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

बाजुरामा बुढी गंगा नदी थुनियो, तटिय क्षेत्रका बासिन्दालाई सतेच रहन आग्रह

बाजुरामा बुढी गंगा नदी थुनियो, तटिय क्षेत्रका बासिन्दालाई सतेच रहन आग्रह

धनगढी

 बाजुराको बिढी गंगा नगरपालिका अन्तरगत पर्ने गुईगाढ खोलाका कारण बुढीगंगा नदी थनिएपछि प्रहरीले स्थानीयलाई सचेत गराएको

 गुईगाड खोलामा आएको बाढीका कारण बुढी गंगा नदीको ७५ प्रतिशत पानी थुनिएको प्रहरीले जनाएको लगातारको बर्षाका कारण गईगाड खोलामा पानीको सतह बढ्दै जाादा बुढीगंगा थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए

 उनका अनुसार बुढिगंगा नदी ताप्रीसेरा बगरमा थुनिन थालेको नदी थनिएपछि बुढी गंगा नगरपालिका संगै अछामको साफेँबगर सम्मका स्थानीयलाइ असर पर्नसक्ने ठहर गर्दै सो क्षत्रका स्थानीयलाई सचेत गराइएको प्रहरी निरिक्षक रोकायाले बताए

 लामो समय सम्म नदी थुनिएमा नदीमा ताल पर्न सक्दछ प्रहरी निरिक्षक रोकायाले भने–‘तालको पानी एकैपल्ट फुटेर गएमा तल्लो क्षेत्रमा खतरा हुन सक्दछ, त्यसैले तटिय क्षत्रमा बसोबास गर्ने स्थानीयलाइ सचेत रहन आग्रह गरिएको