धनगढी पोष्ट
मङ्गलबार, ०४ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन्।
उनले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि सँगै अनुशासित पनि पर्ने बताए। ु
सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो। तर, सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ,ुउनले भने,ु लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो । ु
गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरू भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा प्रमुखलगायतको सहभागीता छ। यही मंसिर १६ गते सुदूरपश्चिमका ६ जिल्लाका उपनिर्वाचन हुदैँछ ।