धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या

बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या

धनगढी । बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन।

बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए।

मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन्। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थप गरेर अनुसन्धान जारी हरेको प्रदेश प्रहरीले बताएको छ।