धनगढी पोष्ट
बुधबार, ०५ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले उम्मेदवारी फिर्ता लिएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।
चौधरीले मंसिर २ गते प्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी थिइन् । सत्ता गठबन्धन नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि टीकाकुमारी भुलले उम्मेदवारी दर्ता गराएकी छन् ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो।