धनगढी पोष्ट सोमबार, ०१ बैशाख २०८२   April 14, 2025

अत्तरिया उद्योग वाणिज्य संघको १० पदाधिकारीद्धारा सामुहिक राजीनामा

अत्तरिया उद्योग वाणिज्य संघको १० पदाधिकारीद्धारा सामुहिक राजीनामा

धनगढी । अध्यक्षले गल्ती स्वीकार्दै रकम तिरिसकेपछि   पदम बसिरहन गाह्रो भएको भन्दै  अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन् । बुधवार बिहान  संघका पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामाको घोषणा गरेका हुन् । 

संघका उपाध्यक्ष (उद्योग)  दल बहादुर खड्काले अध्यक्ष कल्याण सिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेका काण गल्ती गर्ने अध्यक्षको कायसमितिमा बसिरहन नसकेको  बताए ।

संघका १० जना पदाधिकारीको हस्ताक्षर रहेको राजीनामा पत्रमा नक्कली टिकट ठेलीमा भएको हानी नोक्सानी बाफतको क्षतिपूर्ति रकम १ लाख २८ हजार बैंकमा अध्यक्ष कल्याण सिंह बोहराले संस्थाको खातामा दाखिला गरी माफी मागेको उल्लेख छ ।

अध्यक्ष  बोहराले माफी मागेपछि आफूहरूले माफी दिएको, अध्यक्षले गल्ती स्वीकार गरेर अदालतमा गएर मिलापत्र गरेको  समेत बताए ।

महासचिव शंकरबहादुर खड्काले गलत गर्ने अध्यक्षको  नेतृत्वमा बस्न नैतिकताले नमिलेर आफुहरुले राजीनामा दिएको बताए ।

राजीनामा दिनेमा संघका उद्योग उपाध्यक्ष दलबहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, वस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम राज भण्डारी लगायतका पदाधिकारी छन् ।