धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

मोटरसाइकल पुलमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल पुलमा ठोक्किँदा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गए राति धनगढी उपमहानगरपालिका–७ स्थित बेली पुलमा ठोक्किएर चालक कैलारी गाउँपालिका–७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चौधरीले चलाएको सुप प्र ०१–०११ प ७८९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गरेर मृत्यु भएको घोषणा गरेका थिए ।