धनगढी पोष्ट
मङ्गलबार, १३ साउन २०७७ मा प्रकाशित
धनगढी
बझाङमा एक जना बृद्धमा मृत्यु भएको तीन दीन पछि मात्रै कोरोना संक्रमण पुष्टी भएको छ ।
१४ दिन क्वारेण्टाइनमा बसेर साउन ६ गते घर गएका बुङ्गल नगरपालिका–३ का ६५ बर्षे वृद्धको साउन ९ गते घरमै मृत्यु भएको थियो । मृत्युपछि कोरोनाको आसंकामा उनको स्वाव संकलन गरी डडेलधुरा पठाइएकोमा सोमबार पोजेटिभ रिपोर्ट आएको जनाइएको छ । घरमै मृत्यु भएका वृद्धको आफन्तलेनै परम्परागत शैलिमा दाहसंस्कार समेत गरेका जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए । दमका विरामी रहेका वृद्धको ९ गतेनै स्वास्थ्यमा समस्या देखिएको र सोही दिन मृत्यु भएको जोशीले बताए ।
‘हामीले स्वास्थ्य परिक्षण नगरी घर नजान ती वृद्धालाई सुझाव समेत दिएका थियौं’ जोशीले भने–‘तर मलाई केही छैन भन्दै ती वृद्ध आफ्नै जिद्धीमा घर गएका थिए, स्वास्थ्य अवस्था कम्जोर हुँदा छिटो संक्रमण भएर मृत्यु भएको देखिन्छ ।’
मृत्यु पछि मलामी जाने आफन्तलाई भने क्वारेण्टाइनमा राखिएको जोशीले बताए । ‘दाह संस्कारमा जाने आफन्तलाई क्वारेन्टिनमा राखेका छौं’ कोरोना फोकलपर्सन जोशीले भने–‘अव सवैको कन्ट्याक्ट डे«सिङ गरी स्वाव संकलन गर्ने व्यवस्था गर्दै छौं ।