धनगढी । धनगढीमा लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामीलाई नियन्त्रणमा लिएको हो।
राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धामीको साथबाट ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।