धनगढी पोष्ट
शनिबार, ०८ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । कैलालीका छुट्टाछुटै स्थानबाट ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शुक्रबार जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार ६०७ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
धनगढी उप–महानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार ५३५ रुपैयाँ बराबरको लेमिलेसनको मेसिन, श्रृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनि र त्रिपाल फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै गोदावरी नगरपालिका – ४ वनदेबीबाट ३ लाख ३८ हजार १७२ रुपैँया बराबरको कस्मेटिक सामान र कपडा फेला पारेको छ ।
यस्तै भजनी नगरपालिका स्थित जसब र सोनाहफाटाबाट ५९ हजार २ सय बराबरको सुर्तिजन्य पदार्थ, किराना सामान र साईकल बरामद गर्नुका साथै जिल्ला कैलाली टिकापुर नगरपालिका –९ ठोसे बजारबाट अन्दाजी मुल्य १८ हजार ७ सय बराबरको चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।