धनगढी पोष्ट
शनिबार, ०८ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । कञ्चनपुरमा विप्लव नेता तथा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-११ को वनहरा पुल नजिकै ना ४ ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरू मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
दुर्घटनामा परेको बस धनगढीबाट नेपाल कम्युनिस्ट पार्टीको भेलामा सहभागी भएर फर्किरहेका विद्यार्थी र नेता बोकेको बुझिएको उनले बताए ।
घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटीले धनगढीमा आज भ्रष्टाचार र रोजगारीका लागि भन्दै जनमार्च गरेको थियोे ।