धनगढी पोष्ट
मङ्गलबार, १३ साउन २०७७ मा प्रकाशित
धनगढी
लगातारको अबिरल बर्षापछि बाजुरा जोड्ने मार्तडी साँफे सडक खण्डमा पहिरो अउँदा पुनः यातायात अबरुद्ध भएको छ ।
जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै मंगलबार पहिरो खसेको हो । सोमबार राति देखी आएको अबिरल बर्षाका कारण मंगलबार बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले बताए ।
उनका अनुसार सडक माथी रहेको भिर खसेपछि सडक अबरुद्ध बनेको हो । पहिरो पञ्छाउन कम्तिमा पनि तीन दिन लाग्न सक्ने प्रहरी नायब उपरिक्षक भट्टराईले बताए । लगातारको बर्षाका अबरुद्ध भएको साँफे मार्तडी सडक खण्ड सोमबार आंसिकरुपमा सञ्चालनमा आएको थियो ।
साउन ३ गतेसम्म बुढीगंगा नगरपालिका २ को बल्देसम्म यातायता सन्चालनमा थिए । चार गते ताँप्रीसेराको घट्टे खोलाको पक्की पुल नै बगाएपछि ताप्रीसेरासम्मको यातायात पनि बन्द भएको भट्टराइले बताए । बार्जुगाढमा आएको पहिरोपछि बाजुरा सदरमुकाम मार्तडी पुग्ने ४२ किलोमिटर पैदल हिड्नु भएको छ ।