धनगढी पोष्ट
आइतबार, ०९ मङि्सर २०८१ मा प्रकाशित
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा आइतबार युवायुवती मृत अवस्थामा फेला परेका छन् ।
होटेल जन्मभूमिको एकै कोठामा उनीहरूका दुई शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरू उक्त होटेलको चौथो तलास्थित कोठा नम्बर १२० भाडामा लिएर बसेका थिए ।
आइतबार बिहान करिब साढे ७ बजे प्रहरीले उक्त सूचना पाएको थियो । झुन्डिएर मृत्यु भएको अवस्थामा उनीहरूका शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।