धनगढी पोष्ट
मङ्गलबार, १३ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा मंगलबार ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका विभिन्न स्थानका गरी ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार २४ घण्टामा डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा संक्रमण पुष्टिहुनेमा डोटीका ३५ र बझाङका तीन जना हरेका छन् ।
यता सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पुष्टी भएका संक्रमित हरुमा कैलालीको गोदावरीका ११ महिला र ७ पुरुष गरी १८ जना, डोटीको सायलका ७ महिने बालक सहित ६ महिला र १३ पुरुष गरी १९ जना यसै गरी डोटीकै आदर्श गाउँपालिकाका–७ का १ महिला र तीन पुरुष गरी ४ जना रहेका सूचना अधिकारी श्रेष्ठले बताए ।
उनका अनुसार आजनै बेलौरी नगरपालिका वडा नम्बर ९ कञ्चनपुरका १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको श्रेष्ठले बताए ।
योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ ।