धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

बाजुराको तीन घरमा आगलागी

बाजुराको तीन घरमा आगलागी

बाजुरा । बाजुराको तीन घरमा आगलागी भएको छ। जिल्लाको बुढिनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतवार आगलागी भएको हो।

आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।