धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु

धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा ९ औं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सुरु भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघ कैलालीको आयोजनामा आज (मंगलबार) देखि महोत्सव सुरु भएको हो ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको महोत्सव पुस १५ गते सम्म सन्चालन हुनेछ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सघ कैलालीका अध्यक्ष भिम पडालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सन्चालन पत्रकार सिताराम ओझाले गरिरहेका छन् । महोत्सवमा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष नरबहादुर नेगीले गरेका थिए ।