धनगढी पोष्ट
मङ्गलबार, ०९ पुष २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरणमा पुस्तकको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
धनगढीमा ९ औँ वृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहले अहिलेको युगमा पुस्तकको महत्त्वपूर्ण भूमिका रहेको बताए । पुस्तकले समाजलाई रूपान्तरण मात्रै नभई दैविकव्हान बनाउने सन्दर्भमा अथवा मानवसभ्यतालाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको उनले बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले आज (मंगलबार) देखि पुस १५ गते सम्म महोत्सवको आयोजना गरेको हो ।