धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलाली विभिन्न क्षेत्रमा बाढी, सय बढी परिवारलाई अन्यत्रै सारिदैं

कैलाली विभिन्न क्षेत्रमा बाढी, सय बढी परिवारलाई अन्यत्रै सारिदैं

धनगढी

 मंगलबार राती देखी भएको अबिरल बर्षाका कारण कैलालीका विभिन्न क्षेत्रमा डुवान हुँदा एक सय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएइको छ ।

 मंगलबार राती देखी भएको अबिरल बर्षाका कारण कैलालीको कान्द्रा, पथरैया र काडा, नदी गाउँमा पसेका छन् ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काडा नदीमा आएको बाढी गाउँमा पस्दा जोशीपुरका २५ घर डुवानमा परेका छन् । यसै गरी पथरैया नदीमा आएको बाढीले जोशीपुरकै ८ घर डुवानमा परेका छन् भने काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढि घरमा डुवानमा परे पछि ती परिवारलाई अन्यत्रै सार्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

 विष्टका अनुसार कान्द्रा नदीमै आएको बाढीका कारण भजनीकै १६ घर डुवानमा परेका छन् । पथरैया नदीमा आएको बाढीका कारण भजनीको लालबोझी क्षत्रका ६० बढी परिवारलाई अन्यत्रै सार्ने तयारी भइ रहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

 यसै गरी मोहना नदीमा पानीको बहाव बढेपछि तटिय क्षत्रमा रहेका नागरिकलाई पनि सतर्क रहन आग्रह गरिएको विष्टले बताए ।