धनगढी पोष्ट मङ्गलबार, २३ पुष २०८१   January 7, 2025

आमाको माया छात्राबासको २२ औँ वार्षिकोत्सव

सुदूरपश्चिमका ग्रामीण क्षेत्रका जनजातिहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यकले छात्रावास सञ्चालन गरेको आमाको माया छात्रावासकी सञ्चालिका शारदा शाहले बताइन् । उनले छात्रावासमा हाल ३१ जना बालबालिकाहरु रहेको र ४० जना बालबालिका पु¥याउने संस्थाको उदेश

आमाको माया छात्राबासको २२ औँ वार्षिकोत्सव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको आमाको माया छात्राबासको २२ औँ वार्षिकोत्सव समारोह २०८१ सम्पन्न भएको छ । धनगढीमा शनिबार एक कार्यक्रमका बिच छात्राबासले २२ औँ वार्षिकत्सव समारोह सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहेका डा.नितिश भारद्धाजले शारदा शाहले आमाको माया छात्रवास सञ्चालन गरेर अनुकरणीय कामको सुरुवात गरेको बताए । छात्रावासको वार्षिकत्सवमा आउन पाउँदा निकै आन्द्र लागेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथी डा हेमराज पन्तले नैतिकतासहितको शिक्षा प्रधान गर्ने आमाको माया छात्रावास सफल भएको बताए ।

१००८ देवराजाचार्य स्वामीजी महाराजले आमाको माया छात्रावासका बालबालिकाहरुलाई वार्षिक सहयोग गर्ने तयार रहेको बताए । छात्रावासमा भएका प्रति व्यक्ती बालबालिकाहरुलाई खाद्ययनलागायत आर्थिक सहयोग गर्ने उनले बताए ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले आमाको माया छात्रावासले कसैले नगरेको एउटा उदारणीय कार्य गर्दै आइरहेको बताइन् । छात्रावासबाट आफूले धेरै शिक्षाका कुराहरु पनि सिक्ने मौका पाएको उनले बताइन् । छात्रावासलाई के आवश्यक पर्छ सहयोग गर्ने आफू तयार रहेको उनले बताइन् ।

सुदूरपश्चिमका ग्रामीण क्षेत्रका जनजातिहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यकले छात्रावास सञ्चालन गरेको आमाको माया छात्रावासकी सञ्चालिका शारदा शाहले बताइन् । उनले छात्रावासमा हाल ३१ जना बालबालिकाहरु रहेको र ४० जना बालबालिका पु¥याउने संस्थाको उदेश्य रहेको बताइन् ।

छात्रावासलाई सहयोग गर्ने विभिन्न संघ संस्थालगायत व्यक्तीहरुलाई धन्यवाद समेत व्यक्त गरिन् । सञ्चालिका शाहको सभापतित्वमा वार्षिकत्सव समारोह सम्पन्न भएको थियो ।