धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी ट्याक्टर चालक घोडाघोडी नगरपालिका-१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

भिमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको हो।

ट्याक्टरको टायरमुनी च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ट्याक्टर साहुखर्कबाट गैरा आउँदै गर्दा आज बिहान दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुलेको छैन। प्रहरी अनुसन्धानमा जुटेको छ।