धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७:५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन । सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको छ ।

स–साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्ने देखिएको जानकारीहरु बताउँछन् ।