धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

सुदूरपश्चिमबाट १९ लाख बढीको अवैध सामान बरामद

सुदूरपश्चिमबाट १९ लाख बढीको अवैध सामान बरामद

धनगढी । सुदूरपश्चिमको ३ जिल्लाबाट १९ लाख बढीको अवैध सामान बरामद गरिएको छ । मंगलबार बैतडी, कैलाली र कञ्चनपुरबाट प्रहरीले १६ लाख ३९ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो ।

बैतडीको सुर्नया गाउँपालिका – ६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा प्रहरीले १६ लाख १६ हजार बराबरको दिलखुस नामक बिडी १६ पेटी बरामद गरेको हो ।

प्रहरीले उक्त जिप सहित चालक सुर्नया गाउँपालिका – २ का २१ वर्षीय हरिस बिष्टलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका – १५ कनरी र टीकापुर नगरपालिका – ९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका ६१ हजार  बराबरको कार्पेट, सोफा, तातो कपडा लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

 मंगलबार नै भीमदत्त नगरपालिका – ११ भुजेला र बेलौरी नगरपालिका – ६ बैशाखाबाट २ लाख ६२ हजार ५ सय बराबरको चिनी, मिस्री, जुत्ता, चप्पल, कपडा, साइकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।