धनगढी पोष्ट
बिहिबार, १८ पुष २०८१ मा प्रकाशित
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको छ भने सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले त्यो कदम चालेमा आफूले सहयोग गर्ने दाहालले बताए ।
राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा दाहालले उक्त जग्गामा आफूलाई जोड्न आवश्यकता नरहेको बताए । सरकारकाले कानुन विपरीत उक्त जग्गा गएको भए मातहत ल्याउनुपर्ने धारणा राखे ।
आफू प्रधानमन्त्री रहेको बेला कानुन मिचेर भ्रष्टाचारमा संलग्न जो देखिए पनि कानुनको दायरामा ल्याउनुपर्ने विषय राखेको उनले बताए ।
शेरा दरबारको जग्गामा दोषीई कारबाहि गरियोस्, सरकारलाई सहयोग गर्न तयार छु,ु उनले भने, ुदोषीलाई कारबाही गरी सरकारलाई सहयोग गर्न छौं ।
कानुन विपरीत काम भएको छ भने जसरी ललिता निवासको कैयौं रोपनी जग्गा सरकार मातहत ल्याइयो यो पनि ल्याओस् । सरकारलाई सहयोग गर्ने मात्रै होइन, धन्यवाद पनि भनौंला ।ु