दार्चुला जिल्ला प्रशासनको जवाफ : गुन्जी, कालापानी र लिम्पियाधुरा नेपालकै हो

काठमाण्डौ

  गुन्जी, कालापानी लिम्पियाधुरा नेपालकै भएको भन्दै  जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारती प्रशासनलाई जवाफ पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले दुःख नदिन भनेको

   गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन् परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिप्रका दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए

   भारतीय प्रशासनलाई पठाइएको पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधाअड्चन नगर्न भनिएको इमेल मार्फत पठाईएको पत्रमा  भनिएको नेपाल ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा तथा त्यस समयमा प्रकाशित नक्साहरू ऐतिहासिक तथ्यप्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानी लगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँकतैबाट बाधाअड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ