धनगढी पोष्ट मङ्गलबार, ०२ बैशाख २०८२   April 15, 2025

कैलारी गाउँपालिकाको हिउँदे/विद्येयक अधिवेशन सुरु

कैलारी गाउँपालिकाको हिउँदे/विद्येयक अधिवेशन सुरु

धनगढी । कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को गाउँसभा अधिवेशन आजबाट सुरु भएको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा हिउँदे÷विद्येयक अधिवेशन सुरु भएको हो ।

अधिवेशनमा नयाँ विद्येयकबारे छलफल, यस अघि बनिसकेको विद्येयकको कार्यविधि बनाउने,  गाउँपालिका कार्यपालिकाबाट गरिएका निर्णय पास गरिने छ । 
अधिवेशनको उदघाटन शत्रमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी चीनमा भ्रमणका बेला त्यहाँका स्थानीय सरकारसँग गरिएको सम्वादबारे सभामा जानकारी गराएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी गत आर्थिक बर्षमा कृषि विकास, शिक्षा र स्वास्थ्य, भौतिक पूर्वाधारको क्षेत्रमा प्रगति भएको जानकारी दिए । 

त्यसैगरी अधिवेशनमा सामाजिक सुरक्षाको दायरा बृद्धि, आर्थिक गतिविधि प्रवद्र्धन, पर्यावरणमा छलफल गर्न जरुरी रहेको बताए ।

यस अधिवेशनमा भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन पहिलो संशोधन २०८१ कार्यान्वयनका लागि कार्यविधि निर्माण, उपाध्यक्ष संरक्षण कोष निर्माण, मुक्तकमैया, हलिया तथा कमलरी पुनस्र्थापना २०८० कार्यान्वयन जस्ता कार्य गर्नुपर्ने कुरा उठाएका थिए ।

गाउँसभामा सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी लगायत नौ वडाका सचिव तथा कर्मचारीहरुको सहभागिता रहेका थियो ।