धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

चैतन्य पाठशालाद्वारा शैक्षिक जागरण अभियान शुरू

चैतन्य पाठशालाद्वारा शैक्षिक जागरण अभियान शुरू

धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान शुरू गरेको छ ।

दूर दराजका स्थानमा रहेका आधारभूत आवस्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा शुरु गरेको हो । 

चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ । विगतका वर्षझैं यस वर्ष पनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो ।

यसैगरी श्री दर्जा कोट मा।वि धिर्कामाण्डौँ, डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी बताए ।

डोटीको बोगटान फुडसिल गाउँपालिका वडा नम्बर १ सिमचौर स्थित सिमचौर मा।वि। का विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।