धनगढी पोष्ट
शुक्रबार, १९ पुष २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर भानुचोक, देवहरीयामा रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।
सहकारीले धनगढीमा शुक्रबार एक कार्यक्रमका बिच १६ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न गरेको हो ।
साधारण सभामा प्रमुख अतिथी रहेकी संविधान सभा सदस्य एवं पूर्व प्रदेश सभा सदस्य मालमति रानाले कमाएको पैसाबाट थोरै भएपनि सहकारीमा बचत गर्नुपर्ने बताइन् ।
अहिले धेरै सहकारीहरु झोलामा चलिरहेको र केही सहकारीहरु डुबिसकेको बेला नवज्योति सहकारी इमान्दार रहेको उनले बताइन् । नवज्योति सहकारीलाई आफूले धेरै नै सहयोग गरेको उनले बताए । आगामी दिनमा पनि सहकारीलाई सहयोग गर्ने तयार रहेको उनको भनाइ छ ।
नवज्योति कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सिताराम रानाले सहकारीको स्थापनाकाल देखि अहिलेसम्म सहकारीलाई विवाद भन्दा टाडा नै राखेको बताए । अरु बैँक र सहकारीहरु सँग तुलना नगरेर आफूहरुको सा्रेत साधनले भ्यायसम्म सहकारीलाई अगाडि बढाई रहेको उनले बताए ।
सहकारीको शेयर पुजी पाँच करोड रहेको छ, भने २०८० साल असार मसान्तसम्म शेयर पुजी एक करोड १६ लाख ७१ हजार रहेकोमा २०८१ असार मसान्तसम्म चुक्ता शेयर पुजी एक करोड २९ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सहकारीका शेयर सदस्य एक हजार दुर्य सय ९० जना पुगेका छन् । सहकारीको जगेडा एक करोड ११ लाख पाँच सय ६ सय ६८ रुपैयाँ रहेको छ ।
सहकारीको निक्षेप सकलन २०८० सालको निक्षेप १२ करोड ४१ लाख ४६ हजार तीन सय ४४ रुपैयाँ १७ पैसा रहेकोमा यस वर्ष २०८१ सालको असार मसान्तसम्म कुल निक्षेप रकम १५ करोड ६१ लाख ५२ हजार नौ सय २३ रुपैया निक्षेप रहेको छ ।
सहकारीको मुनाफा आर्जन २०८०÷०८१ मा तीन लाख ८७ हजार चार सय १२ रुपैयाँ नाफा आर्जन भएको हो ।
यस्तै सहकारीले असल ऋणी सुगूीन राना, महेन्द्र बन्जारा र दयालु रानालाई समान गरेको छ भने ज्येष्ठ सदस्य फिरुवाराना थारु, छाटेलाल राना, शंकरी राना, लोघरी डगौँरा थारु र नन्दराना थारु लाई सम्मान गरेको थियो ।
सहकारीका अध्यक्ष रानाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।