धनगढी पोष्ट
शनिबार, २० पुष २०८१ मा प्रकाशित
धनगढी । धनगढी बहुउदेश्यीय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ । साधारण सभाले सहकारीको बार्षिक कार्ययोजना पारित गरेको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख लोकराज उपाध्यायले सहकारीले सदस्य केन्द्रित गतिविधि संचालन गर्नुपर्ने बताए ।
सहकारी सदस्यहबाट निर्माण हुने हुदा सहकारीकै हितमा काम गर्नु पर्ने बताउदै उपाध्यायले समाजका लागि सहकारीले ठोस काम गर्न सक्नु पर्ने बताए ।
भेटेरीनरी अस्पताल तथा बिज्ञ सेवा केन्द्र महेन्द्रनगरका प्रमुख श्याम खड्काले सहकारीले योजनाबद्ध रुपमा अघि बढ्दा ठोस उपलव्धि हासिल गर्न सकिने बताए ।
सहकारीका सल्लाहकार एवम नेपाल बीउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष बिष्णु राज बुर्लाकोटीले सहकारीले सहकारीका नीति नियमको पालना गर्दै सबैलाई जोडेर अघि बढ्नु पर्ने बताए ।
सहकारीका प्रवन्ध निर्देशक भुपेन्द्र थापाले सानो रकम संलकन गरेर बचत र ऋणको कारोवार गर्ने, दुग्ध व्यसाय संचालन गरि कृषकको दुधको विविधिकरण र बजारीकरण गर्ने सहकारीको उदेश्य रहेको बताए ।
भविष्यमा दुग्ध व्यवसायी, सहकारी संघ संस्था, प्रदेश सरकारसँग सहकार्य गरि युएचटी वा धुलो दुधको कारखाना स्थापना गरि दुग्ध व्यवसायी र पशुपालक किसानहरुको उत्पादन बजारीकरण गर्ने रदुग्ध विविधिकरण तालिम संचालन गरि स्वरोजगार संचालन गर्ने लक्ष्य सहकारीले लिएको प्रवन्ध निर्देशक भुपेन्द्र थापाले बताए ।
शेयर सदस्य मीन बहादुर धामीले सहकारीलाई अझै बिशिष्टिकृत बनाएर लैजानु पर्ने बताए ।
सहकारीका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा भएको उक्त साधारण सभामा स्वागत मन्तव्य कोषाध्यक्ष बिजया केसीले व्यक्त गरेक थिइन भने कार्यक्रम संचालन सचिव बिमला सिंहले गरेकी थिइन् ।
साधारण सभामा लेखा समितिको प्रतिवेदन गायत्री भट्टराईले र बार्षिक लेखा परिक्षण प्रतिवेदन हरि प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए ।