धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर

धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको शिवपुरी धामको अध्यक्षमा मदनबहादुर कुँवर चयन भएका छन्।

धनगढीमा शनिबार शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धामको अध्यक्षमा कुँवरसहित १६ कार्यसमिती  सर्वसहमतिमा चयन भएका हुन्।

शिवपुरी धामको वरिष्ठ उपाध्यक्षमा योगेश मल्ल, उपध्यक्षहरूमा सीता खड्का र दानसिंह धामी, महासचिवमा भीमबहादुर कुँवर, सचिवमा खडक सिं ऐर र धनबहादुर भण्डारी, कोषाध्यक्षमा पुष्करराज अवस्थी र सह–कोषाध्यक्षमा नरेशबहादुर शाह चयन भएका छन्।

धामको सदस्यहरुमा हर्कबहादुर सिंह, तिलक बोहरा, फणेन्द्रराज अवस्थी, मञ्जु भट्ट, बालिकादेवी कुँवर, लोकराज भट्ट, नरबहादुर बोहरा, सुरजबहादुर बोहरा र आषिश चन्द चयन भएका छन्।