धनगढी पोष्ट
शनिबार, २० पुष २०८१ मा प्रकाशित
ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले देशको आर्थिक सामाजिक बिकासमा सहकारीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् । ‘कमजोर आर्थिक अवस्था भएकाहरुका लागि बैंिकङ्ग क्षेत्रमा सेवा पाउन गाह्रो छ ।’ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक सभामा क्याम्पस प्रमुख भट्टले भने ‘सहकारी कमजोर आर्थिक सामाजिक अवस्थाका व्यक्तिहरुका लागि सहयात्री बनेको छ ।’
सहकारी पुर्वीय दर्शनबाट आएको बताउँदै नेपाली मेला पर्व सहित बिभिन्न रुपमा सहकारीको संस्कार पहिलेदेखि नै प्रचलनमा रहेको भट्टले बताए । ‘अहिले सहकारी परिस्कृत रुपमा आएका छन् ।’ भट्टले भने ‘त्यसैले पनि सहकारीले समाजका कमजोर बर्गका लागि सेवा पुरयाउन आवश्यक छ ।’
सहकारी सदस्यहरुद्धारा सदस्यहरुको संस्था भएको बताउँदै भट्टले बैकिङ्ग सेवा लिन नसक्ने वर्गका लागि सहजता ल्याउनु पर्ने बताए ।
लक्ष्मी सहकारीका संस्थापक अध्यक्ष मोहन राज भट्टले युवा टीम मिलेर १५ बर्ष अघि सहकारी स्थापना गरिएको स्मरण गर्दै भने ‘अहिले सहकारी व्यवस्थित रुपमा अघि बढेको देख्दा खुशी लाग्छ ।’
सहकारीका सुचकहरु सकारात्मक भएकोल बताउँदै भट्टले सहकारीलाई अझै बढी सदस्य केन्द्रित बनाउनु पर्ने बताए ।
सहकारीका जोखिमहरु कम गर्न संचालन प्रकृयामै ध्यान पुरयाउनु पर्ने बताउँदै भट्टले सहकारीलाई सदस्यको हितमा केन्द्रित गर्न आग्रह गरे ।
धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाहले सहकारी सदस्यको रकम सदस्यकै हितमा लगानी गर्ने संस्था भएको बताउँदै सदस्य केन्द्रित कार्यक्रम भएमा अघि बढ्ने बताए ।
लक्ष्मी सहकारीका अध्यक्ष सञ्जय कुमार पन्तले लक्ष्मी सहकारीलाई एउटा सम्मानित, बिश्वासिलो । आत्मनिर्भर सहकारी बनाउने प्रयास जारी रहने बताए ।
अध्यक्ष पन्तले भविष्य सुनिश्चितताका लागि बिभिन्न नाफामुलक बचत योजनाहरु र सुलभ कर्जा योजना लागु गरिएको बताए ।
सहकारीका सञ्चालक सदस्य पदम बहादुर सिंहले सँचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पविता शाह हमालले व्यक्त गरेकी थिइन् ।
सो अवसरमा बजार प्रतिनिधि श्रीश्वरी कुश्मी र लक्ष्मी कुमारी चौधरीलाई उत्कृष्ट कर्मचारीको रुपमा, राजन ओझालाई उत्कृष्ठ बचतकर्ता, दिलिप श्रेष्ठलाई उत्कृष्ठ कर्जा सदस्यका रुपमा सम्मानित गरिएको थियो । त्यस्तै शेयर सदस्यका परिवारका सदस्य मध्य उत्कृष्ट अंक ल्याएर कक्षा १२ पास गर्ने शुभम भण्डारीलाइृ ५ हजार नगद सहित सम्मानित गरिएको थियो ।