धनगढी पोष्ट
सोमबार, २२ पुष २०८१ मा प्रकाशित
धनगढी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरी रहेका छन् ।
हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।