धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

सशस्त्र प्रहरीद्वारा अवैध सामान पक्राउका ५६४६ घटना, तर ३१ जना मात्र पक्राउ

सशस्त्र प्रहरीद्वारा अवैध सामान पक्राउका ५६४६ घटना, तर ३१ जना मात्र पक्राउ

धनगढी । सशस्त्र प्रहरीले बिगत पाँच बर्षमा कैलालीले पाँच वर्षमा २४ करोड ८९ लाख ९४ हजार रुपैयाँको भारतबाट अवैध रुपमा भित्याइएका सरसामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७७÷०७८ देखि चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस तेश्रो सातासम्म अवैध रुपमा सामान ल्याउने  पाँच हजार छ सय ४६ घटनामा मालसामान पक्राउ गरे पनि अवैध रुपमा सामान ल्याउनेहरु भने समातिएका छैनन् । सो अवधिमा अवैध मालसामान ल्याउने कार्यमा संलग्न ३१ जना मात्र पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक दलबहादुर पाण्डेका अनुसार चालु आर्थिक २०८१÷०८२ मा  साउनदेखि पुस तेश्रो सातासम्म  नौ करोड ६० लाख २९ हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद भएको  । सो अवधिमा  एक हजार सात सय ११ स्थानबाट अवैध सामान बरामद भएकोमा १८ जनालाई पक्राउ परेका छन् । 

गत आर्थिक वर्ष २०८०÷०८१ मा ६ करोड १६ लाख ४२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको उनले बताए । सो अवधिमा एक हजार दुई सय ८९ स्थानबाट सामान बरामद भएकोमा १६ जना पक्राउ परेका छन् ।

२०७९÷०८० मा चार करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको अवैध सामान सामान बरामद गरेको थियो । सो अवधिमा नौ सय ८३ स्थानबाट सात जना पक्राउ परेका थिए । 

२०७८÷०७९ मा आठ सय ८४ स्थानबाट चार जनासहित दुई करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको र २०७ं७÷०७८ मा सात सय ७९ स्थानबाट ६ जनासहित दुई करोड ३८ लाख ६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणले उपलब्ध गराएको तथ्याङमा उल्लेख छ । 

गणका प्रमुख प्रहरी उपरीक्षक पाण्डेले भने, ‘सानो पैसा पाँच÷सात हजार भन्दा तलको छ, भने हामी सम्झाई बुझाई गर्ने र सामान नियम भन्दा बढी भएको सामान जफत गर्ने भन्सार बुझाउछौँ । जो तस्करीमा लागेको छ । विशेष गरेर निषेधित वस्तुहरु भन्सार छली ल्याएको हकमा पक्राउ गरेर भन्सार बुझाउने गरेका छौँ ।’

उनले सिमा नाकामा आफूहरुले सक्रियता बढाए सँगै भन्सार राजश्वमा विगतका वर्षहरु भन्दा यस वर्ष वृद्धि भएको बताए । विभागले अवैध चोरी तस्करी आयात र नियातमा शुन्य सहनशीलता अवलम्बन गरेकाले त्यसैलाई कडाइका साथ आफूहरुले कार्यान्वयन गर्दै आइरहेकाले गर्दा भन्सार राजश्वमा वृद्धि भएको उनले दाबी गरे । 

उनले जिल्लामा एक सय एक किलो मिटर बढी खुल्ला सिमा नाका रहेको सबै भन्दा बढी नाकाहरु रहेको बताए । 

उनले भने, ‘हिउँदोको सिर्जनमा विशेष गरी मोहना नदीको सतह पनि घटेको कारणले गर्दा खेरी मान्छे जहाँ त्यहीबाट पनि आवतजावत गर्ने सक्ने अवस्था छ । हामी सित भक्को जनशक्ति त्यो अप्रत्याप्त हुन्छ ।’

सिमानाकामा २४ घण्टा सुरक्षा दिदाँ खेरी मिलाएर बस्नुपर्ने र धेरै लामो नाका भएकाले गर्दा पूरै समय सुरक्षा दिनलाई समस्या भइरहेको उनले बताए । उनले आफूहरु सँग सूचनाको पनि अभाव भएको बताए । 

सादा पोशाकमा सशस्त्र प्रहरीलाई परिचालन गर्ने नपाउने नीतिले गर्दा सूचनामा धेरै कठिनाइ भइरहेको उनको भनाइ छ । आफुहरु सँग सवारी साधन, सिसि क्यामरा लगायत सिमाको निग्र्रानी गर्ने लाई अति आवश्यक सामाग्रीहरुको अभाव रहेको उनले बताए । 

स्रोत साधन नहुँदा जति सिमानाकामा सुरुक्षा दिनुपर्ने दियो त्यती दिन नसकिरहेको उनले बताए । उनले स्रोत साधनकै अभावका बिच पनि आफूहरुले सिमानाकामा सक्रियता बढाइरहेकोे बताए ।