धनगढी पोष्ट बिहिबार, २५ पुष २०८१   January 9, 2025

कारागारको क्षमता ४०, बस्छन् ८५ कैदीबन्दी

कारागारको क्षमता ४०, बस्छन् ८५ कैदीबन्दी

दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी छन्। ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको छ। यसका कारण कैदीबन्दीले आधारभूत सुविधा नपाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार  २०४२ सालमा बनेको  कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्। जबर्जस्ती करणीको अभियोग लागेका एक  विदेशी नागरिक पनि कारागारमा छन् । 

‘थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ। ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्’ अवस्थीले भने। जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याउँदा झन् समस्या भएको उनको भनाइ छ।