धनगढी पोष्ट शुक्रबार, २६ पुष २०८१   January 10, 2025

प्रतिवन्धित औषधी बिक्रीको आरोपमा कैलालीमा  क्लिनिक सञ्चालक पक्राउ

धनगढी । सरकारले प्रतिवन्ध लगाएको औषधी बिक्री गरेको आरोपमा  कैलालीमा एक जना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय हेमराज सुवेदीलाई प्रतिबन्धित औषधि विक्री गरेको आरोपमा पुस २४ गते पक्राउ परेका हुन् ।

सुवेदीद्वारा सञ्चालित खेमलता क्लिनिकबाट प्रतिबन्धित औषधि ९४८ ट्याब्लेट पेगारोन र ४३ ट्याब्लेट पीजीएबी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार यी दुवै औषधि चिकित्सकको परामर्शबिना विक्री गर्न पाइँदैन । सुवेदीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइएको उनको भनाइ छ ।