धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

जेसीस एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो ४२ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव समारोह सम्पन्न

जेसीस एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो ४२ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव समारोह सम्पन्न

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीमा रहेको जेसीस एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो ४२ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

विद्यालयले शुक्रवार एक कार्यक्रमका बिच अभिभावक दिवस तथा वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले जेसीस विद्यालयले गुणस्तरीय शिक्षा प्रधान गरेका कै कारण अहिले कयौँ विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा भविष्य कोरी रहेको बताए । 

भौतिक संरचनाको अभावमा पनि गुणस्तरिया शिक्षा दिन सफल भएको भन्दै मन्त्री थापाले विद्यालयको चर्चा गरेका थिए । विद्यालयको भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेकाले यसमा के सहयोग गर्नुपर्छ सहयोग गर्ने आफू तयार रहेको उनको भनाइ छ । 

No description available.

विद्यालयले एसइई परीक्षामा उच्च अंक (जिपिए ३.८५) प्राप्त गर्ने छात्र दीपेश पन्त र (जिपिए ३.८२)  प्राप्त गर्ने अर्काका छात्र अपेक्षा पन्तलाई नगद तीन÷तीन हजारसहित सम्मान गरेको छ । भने कक्षा १२ बोर्ड परीक्षामा प्रथम विनीता सुतारी मगरलाई नगद तीन हजारसहित सम्मान गरेको हो । 

विद्यालयले संस्थाको हितका लागि सदैव सहयोग सुझाव दिने अभिभावक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अभिभावक सन्तोष शाहलाई समान गरेको छ । 

यसै गरी, शैक्षिक सत्र भरी नियमित उप्रस्तीत हुने शिक्षक र शिक्षिका सहायक प्रधानाध्यापक दीपक बहादुर साउद शिक्षक र शिक्षिका सरस्वती बिष्टलाई पनि सम्मान गरेको हो ।

No description available.

यस्तै विद्यालयले प्रारम्भिक शिक्षा हासिल गरी समाजका विभिन्न क्षेत्रमा उच्च पदमा कार्यरत पूर्व विद्यार्थीहरू डा.विवेक जोशी, डा.उमेश उपाध्याय, डा. अनिल कुमार भट्ट र सी.ए. अजय न्यौपानेलाई समेत सम्मान गरेको छ ।

No description available.

विद्यालयले शैक्षिक सत्रको सर्वोत्कृष्ट शिक्षिका सरिता जोशीलाई नगद पाँच हजार एक सय रुपैयाँ सहित सम्मान गरेको छ । भने उत्कृष्ट कर्मचारी एंंव बस चालक बलबहादुर थापालाई पनि सम्मान गरेको हो । 

No description available.

विद्यालयको गत आर्थिक वर्ष २०८०÷०८१ को आय–व्यय चार करोड ९८ लाख ३४ हजार एक सय ९८ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २०८१÷०८२ को आय–व्ययमा वृद्धि भई पाँच करोड आठ लाख ५८ हजार चार सय ४७ रुपैयाँ रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा। हेमराज पन्तको सभापतित्वमा वार्षिकोत्सव सम्पन्न भएको हो ।