धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुनः पाण्डेय

२०७७ सालमा धनगढी उमहानगरपालिकाको वडा नम्बर ५ लाई लक्षित गरेर स्थापना गरिएको सामुदायिक बहुउदेश्यीय सहकारीको कार्यक्षेत्र ८ वडामा बिस्तार भएको छ ।

सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुनः पाण्डेय

धनगढी । सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा पुनः  जनकराज पाण्डेयको अध्यक्षतामा नया नेतृत्व चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको छ ।

निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्षमा कुवेर शाही, सचिव लोकेन्द्र सिंह भट्ट र कोषाध्यक्ष  कुन्जा भट्ट चयन भएका छन् ।

त्यस्तै सदस्यमा रन्जना शाही, मनि बहादुर धामी, ध्रुवराज दाहाल, दिव्या चन्द,श्याम जोशी, गीता चन्द र गोमती देवी पाण्डेय निर्वाचित भएका छन् ।

सहकारीको लेखा संयोजक टेकराज बिनाडी, सदस्य केशव पौड्याल र सकुन्तला  न्यौपाने  निर्वाचित भएका छन् ।

साधारण सभाको उदघाटन गर्दै सुदुरपश्चिम सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका देवराज पन्तले  सुदुरपश्चिममा सहकारीहरुमा समस्या नदेखिएको भन्दै ढुक्कसँग सहकारीमा बचत र ऋणको कारोवार गर्न आग्रह गरे ।

सहकारीहरुले आफुलाई शेयर सदस्यको सक्रियतामा सँचालन गर्नु पर्ने बताउँदै पन्तले सदस्यहरुले पनि सहकारीको निगरानी गर्नु पर्ने बताए ।

सहकारीका  अध्यक्ष जनक राज पाण्डेयले सहकारी नाफामा जान शुरु गरेको बताउँदै सहकारीलाई बहुउदेश्यीय स्वरुपमा संचालन गरेर सबै शेयर सदस्यको अपनत्व बिकास गरिने बताए ।

 सचिव लोकेन्द्र भट्टले संचालन गरेको उक्त कार्यक्रममा सन्जिबनी सहकारीका अध्यक्ष भक्तराज जोशी, राष्ट्रिय सहकारी बैंकका रुपक चौधरी, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह र शेयर सदस्य मीन बहादुर धामीले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष कुवेर शाहीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा  कोषाध्यक्ष कुन्जा भट्टले सहकारीको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रतिवेदन  पेश गरेकी थिइन् ।

२०७७ सालमा धनगढी उमहानगरपालिकाको वडा नम्बर ५ लाई लक्षित गरेर स्थापना गरिएको सामुदायिक बहुउदेश्यीय सहकारीको कार्यक्षेत्र ८ वडामा बिस्तार भएको छ ।

सो अवसरमा उत्कृष्ट ऋणीको रुपमा सोनिका चन्द, उत्कृष्ट बचतकर्ताको रुपमा   पृथ्वी बहादुर शाही र सहकारीको व्यवस्थापनमा उल्लेखनिय भुमिका निर्वाह गरे वापत सहकारीका  व्यस्थापक निर्मला पन्तलाई सम्मानित गरिएको थियो ।