धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कैलालीमा ११ जुवाडे पक्राउ

कैलालीमा ११ जुवाडे पक्राउ

धनगढी । कैलालीमा ११ जना जुवाडे पक्राउ परेका छन् । सोमबार बिहान बर्दगोरिया गाउँपालिका-३ खैरेनीका ३४ वर्षका जीवन खत्रीसहित ११ जना पक्राउ परेका हुन् । 

खत्रीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई इलाका प्रहरी कार्यालय बौनियाँ, कैलालीबाट खटिएको टोलीले नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।