धनगढी पोष्ट
सोमबार, २९ पुष २०८१ मा प्रकाशित
धनगढी । वेष्टर्न क्रिष्टल एकेडेमी धनगढीको १५ औं वार्षिक खेलकुद साता २०८१ सोमबार धनगढीमा सम्पन्न भएको छ । पाच दिनसम्म संचालन गरिएका खेलकुद प्रतियोगिताका बिजेता र शैक्षिक शत्र २०८० का उत्कृष्ठ बिद्यार्थीहरुलाई बिद्यालयमा आयोजित कार्यक्रममा पुरस्कार वितरणपछि प्रतियोगिता समापन भएको हो ।
खेलकुद सातामा भलिबल, फुटबल, क्रिकेट, दौड, डिजिटल चेयर शारिरीक र मानसिक क्षमता अनुसारका खेलका प्रतियोगिताहरु आयोना गरिएका थिए । बिद्यार्थीहरुलाई चार हाउसमा बिभाजन गरेर प्रतिस्पार्धा गराइएको थियो ।
वेष्टर्न क्रिष्टल एकेडेमीका सहायक प्रिन्सिपल दल बहादुर धामीका अनुसार खेल सातामा सबै भन्दा बढी रेड हाउसले तीन स्वर्ण, ३ रजत पदक जितेको छ । ग्रीन हाउसले १ स्वर्ण, २ रजत र तीन कास्य पदक, येल्लो हाउसले एक स्वर्ण र ब्लु हाउसले तीन स्वर्ण, तीन रजत र एक कास्य पदक जितेको छ ।
समापन कार्यक्रममा पञ्चोदय माविका पुर्व प्राचार्य यादब प्रसाद शर्मा, मानव अधिकार एलायन्सका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, प्याब्सन धनगढी नगर कमिटीका सचिव लोकेन्द्र बिष्ट, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाहले पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
वेष्टर्न क्रिष्टलकी प्रिन्सिपल निर्मला खड्का कुवरले बिद्यार्थीको सर्वाङ्गीण बिकास लागि खेलकुद साता आयोजना गरिएको बताइन् । ‘कक्षा कोठाको पढाईले मात्र बिद्यार्थीको सर्वाङ्गीण बिकास हुदैन ।’ कुवरले भनिन् ‘कक्षाको पढाईसँगै बाहिरका क्रियाकलापमा पनि बिद्यार्थीलाई सहभागी गराउन खेलकुद साताको आयोजना गरेका छौं ।’
प्रिन्सिपल कुवरका अनुसार खेलकुद सातालाई बिद्यालयले महोत्सवकै रुपमा लिएको छ । ‘यसलाई हामीले बिद्यालयको महोत्सवकै रुपमा लिएर हरेक बर्ष आयोजना गर्दै आएका छौ ।’ कुवर भन्छिन् ‘यसमा एक दुइ दिन मात्र संचालन गर्दा सबै बिद्यार्थीहरु सहभागी हुन नपाउने भएकाले एक सातासम्म सँचालन गरेका हौं ।’
खेकुदले समुह भावनाको बिकास पनि गर्ने भएकोले र कक्षामा सक्रिय नहुने बिद्यार्थी पनि खेलकुदमा रमाउने भएको खेलकुद आवश्यक रहेको प्रिन्सिपल कुवरको बुझाई छ । कुवरका अनुसार खेलदकु सातामा हरेक बिद्यार्थीले कुनै न कुनै खेलमा अवश्यक भाग लिने व्यवस्था मिलाइएको छ ।
कार्यक्रम वेष्टर्न क्रिष्टल एकेडेमीका सँचालनक ललित पन्तको अध्यक्षतामा भएको थियो ।