धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

आज पनि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

धनगढी

   देशभरको मौसम बिहीबार सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम बदली भएको हो । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

  बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।  देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।